तनहुँ। आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केस्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गाउँपालिका अध्यक्ष शुक्र चुमानले गर्नुभएको छ। भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
करिब रु. ४० लाखको लागतमा निर्माण गरिएको उक्त भवनबाट अब नियमित उपचार सेवा, प्राथमिक स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका आधारभूत स्वास्थ्य सेवा व्यवस्थित रूपमा सञ्चालन हुने जनाइएको छ।
गाउँपालिका अध्यक्ष चुमानले स्वास्थ्य क्षेत्रमा गरिएको यो लगानीले ग्रामीण भेगका नागरिकलाई समयमै सेवा प्राप्त गर्न सहज हुने बताउँदै स्थानीय तहबाटै आधारभूत स्वास्थ्य सेवा सुदृढ बनाउने नीति अनुसार पूर्वाधार विस्तार गरिएको उल्लेख गर्नुभयो।
गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार, गुणस्तर सुधार तथा पहुँच वृद्धि गर्न निरन्तर काम गरिरहेको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण