logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

महिला फुटबल टोलीकी कप्तान ‘साम्बा’लाई मर्स्याङ्दी गाउँपालिकाद्वारा सम्मान

महिला फुटबल टोलीकी कप्तान ‘साम्बा’लाई मर्स्याङ्दी गाउँपालिकाद्वारा सम्मान


  • बिहिबार, साउन ८ २०८२
  • 8.4K
    SHARES

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई सम्मानपत्र प्रदान गर्दै लमजुङको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ । तस्बिरः अनुज अधिकारी

    लमजुङ —नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई उनको अन्तर्राष्ट्रिय उपलब्धि, दीर्घकालीन योगदान र गाउँको प्रतिष्ठा उच्च बनाएको योगदानस्वरूप लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ।

    भुलभुलेमा बिहीबार आयोजित एक कार्यक्रमका बीच उनलाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रवि थापा, युवा तथा खेलकुद विकास समिति अध्यक्ष खेम घले, अमर मावि खुदीकी अध्यक्ष अमृता पोखरेल, प्रधानाध्यापक तीर्थबहादुर बस्नेत लगायतले दोसल्ला, फूलमाला, खदा, मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्।
    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई सम्मानपत्र प्रदान गर्दै लमजुङको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ । तस्बिरः अनुज अधिकारी

    मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी पामचोक बाँसबोटकी सावित्राले आफूले लगाउने जर्सी गाउँपालिका अध्यक्ष गुरुङलाई उपहार दिएकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले सावित्राको योगदानले गाउँ र देशको गौरव बढाएको उल्लेख गरे।

    उक्त अवसरमा साम्बाले गाउँपालिकाभित्र रहेका अन्डर–१९ खेलाडी र विद्यार्थीहरूसँग साक्षात्कार गर्दै भनेकी थिइन्, “अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलतामा पु-याउँछ। मैले अझै धेरै अघि बढ्नु छ र मलाई अझै धेरैजना म जस्तै फुटबल खेलेको हेर्न मन छ। त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ।”

    हालै मात्र सावित्रा भण्डारी न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित भएकी छन्। उनलाई अष्ट्रेलियाको ए–लिग महिला फुटबलको नयाँ सिजनका लागि अनुबन्ध गरिएको हो। यसअघि उनले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट खेलिसकेकी थिइन्।

    सावित्राले इजरायल, भारत, माल्दिभ्स लगायत देशमा लिग खेल्दै नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गरिसकेकी छन्। नेपाली महिला फुटबलको इतिहासमा सर्वाधिक गोलकर्तामध्ये एक सावित्राले खेलकुद क्षेत्रलाई प्रेरणादायी बनाउँदै आएको गाउँपालिकाले बताएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page