logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

चौथो म्यूजिक खबर तीज म्युजिक अवार्डमा गीत सहभागीका लागि आव्हान, अनलाईनमार्फत् पनि सहभागी हुन सकिने

चौथो म्यूजिक खबर तीज म्युजिक अवार्डमा गीत सहभागीका लागि आव्हान, अनलाईनमार्फत् पनि सहभागी हुन सकिने


  • बिहिबार, साउन ८ २०८२
  • 6.8K
    SHARES

    काठमाडौं । आटिष्ट अफ नेपालको प्रस्तुतिमा विगत ४ वर्षदेखि नियमित हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौथो संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरिएको छ । शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तीज अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जना यस अवार्डमा सहभागी हुन पाउनेछन् । पहिलो वर्ष शिवशक्ति तीज म्यूजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड दोस्रो वर्षबाट भने अनलाइन मिडिया म्यूजिक खबरले ब्रान्डिङ गरेको छ । म्युजिक खबर तीज अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले चौथो म्यूजिक खबर तीज अवार्डमा विभिन्न २२ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताइन् । समारोहमा सांगीतिक क्षेत्रमा मौलिकतामा जोड दिएर योगदान पु¥याउने तीन नारी ‘त्रिदेवी संगीत सम्मान’द्वारा सम्मानित हुनेछन् ।
    यो अवार्ड आगामी भदौ ५ गते गोंगबुस्थित बीजी बैंकटको हलमा समापन गरी अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रमसँगै तिज फेस्टिबल मनाउँदै चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमसमेत रहेको अध्यक्ष पोखरेलले जानकारी दिइन् । उनले भनिन् – ‘तीजका अवसरमा थुप्रै गीतहरु सार्वजनिक हुने गरेका छन् । सांस्कृतिक पर्व तीजको एउटा विशेषता गीत संगीत पनि हो । तीजकै अवसरमा तीजको मर्म बोकेर सार्वजनिक भएका गीतका स्रष्टा वा सिर्जनालाई तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्डको थालनी गरेका हौं ।’
    तीज अवार्डका लागि साउन ३१ गते सम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान रहेको छ । सहभागी हुनका लागि म्यूजिक खबरको कार्यालय, सामाखुसीमा फाराम उपलब्ध छ । डिजिटल माध्यमबाट सहभागी हुनका लागि एभेन्टोज डटकम मार्फत् आफ्नो सिर्जनालाई सहभागी गराउन पाइनेछ ।
    गीत समावेश गर्नका लागि लिंक – https://service.aventoz.com/formBooking/68822cf4a375d1753361652

    चौथो म्युजिक खबर तीज म्युजिक अवार्डमा सहभागी हुने विधाहरु निम्न रहेका छन् ।
    १.सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
    २. सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
    ३. सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
    ४. सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
    ५.सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
    ६. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
    ७. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
    ८. सर्वोत्कृष्ट तीज दोहोरी गीत
    ९. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
    १०. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
    ११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
    १२. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
    १३. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
    १४. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
    १५. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
    १६. सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
    १७. सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
    १८. सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
    १९. सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
    २०. सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
    २१. सर्वोत्कृष्ट मौलिक तीज गीत
    २२. सर्वोत्कृष्ट डायस्पोरा गीत


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page