काठमाडौं । गायिका सन्जु न्यौपानेको पछिल्लो गीत ‘नीलो आकाशैमा बादलु’ बजारमा चर्चा बटुल्दै छ । गायक पुस्कल शर्मा र गायिका सन्जु न्यौपानेको स्वरमा रहेको गीत ‘नीलो आकाशैमा बादलु’ मा रमेश परियारको शब्द र संगीत रहेको छ । आशिष अबिरलको संगीत संयोजन रहेको यस गीत राग स्टुडियोमा रेकर्डिङ गरिएको हो । यसको मिक्सिङ आकाश नेपालीले गरेका छन् ।
‘नीलो आकाशैमा बादलु’ गीतको म्यूजिक भिडियोमा सन्जु न्यौपाने आफैं अभिनय गरेकी छन् । भिडियोमा सन्जु र लोमश शर्माको जोडी रहेको छ भने आशा भुसाल र सन्तोष पाण्डेको जोडी रहेको छ । ‘नीलो आकाशैमा बादलु’ भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने नितिन वाइबाको कोरियोग्राफी रहेको छ । चक्रबहादुर बरालको छायाँकन एवं विष्णु खड्काको सम्पादन रहेको ‘नीलो आकाशैमा बादलु’ गीतको भिडियो सन्जु न्यौपानेको अफिसयल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गायिका न्यौपानेका लाहुर, चाँदी कहाँ होला, लामो कपालमा, आएन परदेशी, नौतुनाको रेलैमा, जोमसोम बजार लगायतका सयौ गीतहरु बजारमा लोकप्रिय छन् ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने