काठमाडौं । गायक तथा सर्जक बसन्त लम्साल र गायिका शान्तिश्री परियारको स्वरमा नयाँ तीज गीत ‘नोट हजारको’ सार्वजनिक भएको छ।
बसन्त लम्सालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रेम गौतमको शब्द तथा बसन्त लम्सालकै संगीत रहेको छ। गीतको संगीत संयोजन **विश्वास नेपाल ‘प्रकाश’**ले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ कुमार राणाले गरेका हुन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो।
गीतको भिडियो **नारायण बी.पी.**ले निर्देशन गरेका छन्। भिडियोमा सागर लिल परियार, कोशिस, निर्मल र प्रियंकाको अभिनय रहेको छ। कोरियोग्राफी साहिर केसी, छायांकन आशिष भट्टराई तथा सम्पादन, रङ संयोजन र पोस्टर डिजाइन पदम सुवेदीले गरेका छन्।
निर्माण पक्षका अनुसार तीज–२०२६ लाई लक्षित गरी तयार गरिएको ‘नोट हजारको’ले तीज पर्वको मौलिकता, उत्साह र समसामयिक सामाजिक परिवेशलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।
पछिल्लो समय तीज गीतहरू सार्वजनिक हुने क्रम बढिरहेका बेला ‘नोट हजारको’ले पनि दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम