काठमाडौं — नेपाली सिनेमामा फेरि आयो एक यस्तो कथा, जसले मात्र मनोरञ्जन होइन, आत्मालाई छोनेछ। खिल बहादुर गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘रिमै’ ले आफ्नो रहस्यमय टिजर सार्वजनिक गर्दै दर्शकमाझ नयाँ उत्साह थपेको छ। करिब दुई मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमा भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। यसअघि ‘रिमै’ भदौ २७ गतेबाट प्रदर्शन हुने बताइएको थियो।
टिजर हेर्नेबित्तिकै एक कुरा प्रष्ट हुन्छ — यो सिनेमा फरक छ, गहिरो छ र दमदार छ। टिजरले गुरुङ समुदायको संस्कार, ग्रामीण परिवेश र सामाजिक यथार्थमा आधारित कथा प्रस्तुत गर्ने संकेत दिएको छ। रहस्यमय र भावनात्मक पृष्ठभूमिमा आधारित सिनेमामा प्रेम, पीडा, संघर्ष र बदलाका आयाम समेटिएको देखिन्छ।
सिनेमामा कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ।
सिनेमाको छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन् भने कथा उपेन्द्र सुब्बाले लेखेका हुन्। वीरबल घले कार्यकारी निर्माता रहेको सिनेमा गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो।
सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरुङ सम्पादकको रूपमा संलग्न छन्।
निर्माण पक्षका अनुसार टिजरले दर्शकमाझ पर्न सक्ने प्रतिक्रियालाई ध्यानमा राख्दै प्रदर्शन मिति अघि सारिएको हो। टिजरमा प्रस्तुत दृश्य र संवादले कथामा रहस्य तथा द्वन्द्वको पाटोलाई विशेष जोड दिएको छ।
टिजर हेर्नुहोस्
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण