logo

बुधबार, साउन ६ २०८३

kantipurpationlinetv

२०८३ साउन ६ बुधबार

‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक: भदौ ६ मा उत्कृष्ट स्रष्टा तथा कलाकार सम्मानित हुने

‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक: भदौ ६ मा उत्कृष्ट स्रष्टा तथा कलाकार सम्मानित हुने


  • मंगलबार, साउन ५ २०८३
  • 4.5K
    SHARES

    काठमाडौं — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गर्ने ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ का विभिन्न विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको छ। ‘अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा मनोनयन सार्वजनिक गरिएको हो।

    उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा प्रतिष्ठानका पूर्वपदाधिकारी, कलाकार, स्रष्टा, सञ्चारकर्मी तथा विभिन्न सांगीतिक संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सार्वजनिक गरिएका उत्कृष्ट पाँच मनोनयनमध्येबाट छनोट भएका विजेतालाई भदौ ६ गते काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा २४ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

    अध्यक्ष लामिछानेका अनुसार अवार्डसँगै नेपाली लोकदोहोरी संगीतको संरक्षण, संवर्द्धन र विकासमा योगदान पुर्‍याएका व्यक्तित्वलाई विभिन्न विशेष सम्मान पनि प्रदान गरिनेछ।

    अवार्ड निर्णायक समितिका संयोजक दुर्गा रायमाझीका अनुसार यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष तथा वरिष्ठ गायक प्रजापति पराजुली सम्मानित हुनेछन्। त्यसैगरी दशकको स्रष्टा सम्मान लोकप्रिय गायिका देवी घर्तीलाई, संस्थागत दोहोरी सम्मान पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्मालाई तथा उपत्यका समन्वय समितिको तर्फबाट पीएन सापकोटालाई विशेष सम्मान प्रदान गरिनेछ।

    आयोजकका अनुसार यस वर्षको अवार्ड कार्यक्रमको मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको छ भने लर्ड पार्टी प्यालेस प्रायोजकको रूपमा रहेको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति आयोजक तथा मातहतका १० वटै समिति सह–आयोजकका रूपमा रहेका छन्।

    आयोजकले अवार्ड कार्यक्रमले नेपाली लोकदोहोरी संगीतको संरक्षण, प्रवर्द्धन, पुस्तान्तरण तथा उत्कृष्ट स्रष्टा–कलाकारलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने परम्परालाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

    “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल कलाकारहरुको नामावली यस प्रकार रहेको छ।

    १. सर्बाेत्कृष्ट लोक दोहोरी गायक
    क) खेम सेन्चुरी – तल्लो बाटो
    ख) सागर आले – युके बस्ने दाई
    ग) प्रकाश दुतराज – छैन र माया
    घ) अर्जुन सापकोटा – झलिको
    ङ) कुशल बेल्बासे – काचो सुपारी

    २) सर्बाेत्कृष्ट लोक दोहोरी गायिका
    क) शन्ती श्री परियार – जुनेली रातै रातैमा
    ख) शान्ता रानी परियार – स्याउली बजारमा
    ग) दिपिका बयम्भु मगर – कस्मिरे पछेउरी
    घ) कालिका रोका – देउराली लाई फुलपाती धजा
    ङ) निशा गुरुङ – युके लन्डनको

    ३.सर्बाेत्कृष्ट लोक दोहोरी नव गायक
    क) सितल गुरुङ – भागौला त्रिसुलि तरेर
    ख) किरण बिसि – गोर्खाली
    ग) रायन बस्याल – घामपानी छाता
    घ) सुरेश अन्जान – हिमाली फुल
    ङ) अनिल पुन मगर – गुन्यो चोली

    ४. सर्बाेत्कृष्ट लोक दोहोरी नव गायिका
    क) निर्मला देबि बस्नेत – तिम्लाइ पछेयौरी किन्दिउला
    ख) सिम्रन परियार – बैनिको कहाँ पर्यो घर
    ग) शन्ती शिरीष मगर – युके बस्ने दाई
    घ) सिमा नेपाली – जय जय होस
    ङ) गरिमा कार्की – अन्त नभने

    ५. सर्बोत्कृष्ट लोक दोहोरी शब्द
    क) नेत्र अर्याल – तल्लो बाटो
    ख) सन्तोष सापकोटा – झलिको
    ग) बिक्रम बाबू बिश्वकर्मा – गण्डकी
    घ) सुरेश राना मगर – युके बस्ने दाई
    ङ) दिपक अधिकारि – म त तिम्रो होइन मायालु

    ६. सर्बोत्कृष्ट लोक दोहोरी लय (भाका)
    क) अर्जुन सापकोटा – झलिको
    ख) गोबिन्द पंगेनी – भागौला तिर्सुली तरेर
    ग) एच.बि.एन. किस्मत – खोली सलल
    घ) नन्दु परियार – स्याउली बजारमा
    ङ) अशिम चन्द बिश्वकर्म – गण्डकी

    ७.सर्बाेत्कृष्ट लोक दोहोरी गीत
    क) बिनोद बाजुराली – हियारै
    ख) सुदिप अधिकारी – घुमाउने घर पोखरामा
    ग) सुर्य खड्का – पचास तिरको
    घ) कोमल नेपाली – स्याउली बजारमा
    ङ) खुशी गुरुङ – हङकङ को चिनो

    ८. सर्बाेत्कृष्ट लोक गीत
    क) बाल कुमार श्रेष्ठ – जप्दै नाम आमा
    ख) घनश्याम रिजाल – साथी
    ग) शम्भु कुँबर -तिम्रो त यो दुनियाँ छ
    घ) सुरेश खत्री – ए आमा
    ङ) दुर्गा माया गुरुङ – उहीँ सङ दिल बस्यो हजुर

    ९.सर्बाेत्कृष्ट लोक दोहोरी गीत नायक नृत्य
    क) लोमस शर्मा – गोर्खे खुकुरी
    ख) गोबिन्द पहाडी – नजर त्यतै छ
    ग) बबिन सिंह ठकुरी – गुन्यो चोलिमा
    घ) बिजय पुन – युके बस्ने दाई
    ङ) अनिल पौडेल – माया आउने बस

    १०. सर्बाेत्कृष्ट लोक दोहोरी गीत नृत्य नायिका
    क) नारायणी खत्री – करिमै
    ख) चाहना राना मगर – युके बस्ने दाई
    ग) सन्जना गुरुङ – छुक छुके रेलैमा
    घ) एलिना रायमाझी – घुमाउने घर पोखरामा
    ङ) प्रिती गुरुङ – नहेर टुलुटुलु

    ११. सर्बाेत्कृष्ट लोक दोहोरी गीत नृत्य निर्देशक
    क) मौसम हिमाली – स्याउली बजारमा
    ख) एकिन्द्र सारा शंकर – गण्डकी
    ग) जेरि भण्डारी – मानुङ कोटैमा
    घ) मुकेश नेपाली – गाउँ घरे माया
    ङ) प्रशान्त मगर – दिलमै लाग्यो निशाना

    १२. सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय नायक
    क) बिमल अधिकारी – सम्झेर तिमिलाई
    ख) बिक्रम बुढाथोकी – जति तिमी टाढा हुन्छौ
    ग) बिनोद भन्डारी – उजेली
    घ) ओबि रायमाझी – दुई किनार
    ङ) कमल अर्याल – बाटै बन्द भो

    १३.सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय नायिका
    क) जुना गुरुङ – उजेली
    ख) जुना बिश्वकर्मा – घागो चङ्गा
    ग) रेणुका खड्का – नरोए है डाको छोडी
    घ) यशु भट्टराई – बाटै बन्द भो
    ङ) मञ्जु खत्री – दिन लाई घाम रात लाई जुनको

    १४. सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय निर्देशक
    क) मौसम हिमाली – तल्लो बाटो
    ख) बिनोद भण्डारी – धागो चङ्गा
    ग) दिप गुरुङ – मेरि मुना
    घ) निशान बानिया – काचो सुपारी
    ङ) सिर्जन बराल (ऋषी) – बधाई छ ए बधाई

    १५. सर्बाेत्कृष्ट लोक दोहोरी गीत एरेन्ज
    क) कृष्ण केसि – छैन र माया
    ख) एच.बि.एनं किस्मत – झलिको
    ग) बिशाल निरौला – चोखो मायामा
    घ) आकाश नेपाली – शिरमा सिर बन्दी
    ङ) खेम राज गौतम – बुटवल बजार

    १६. सर्बाेत्कृष्ट लोक दोहोरी गीत मिक्सिङ मास्टरिङ
    क) एच.बि.एन. किस्मत – लालाजी
    ख) खड्क बाजुराली – तल्लो बाटो
    ग) आकाश नेपाली – बैनिको कहाँ पर्यो घर
    घ) बिनोद परियार – नमस्ते ढोग दिया
    ङ) कृष्ण बाजुराली – माकुरिको जाल

    १७. सर्बाेत्कृष्ट लोक दोहोरी गीत रेकर्डिस्ट
    क) सुमन राना – पानी परेको
    ख) सागर बाजुराली – हियारै
    ग) डमर बिक – रहर ले होइन मायालु
    घ) राज खड्का – झलिको
    ङ) रमेश खड्का – सान्नानी

    १८.सर्बाेत्कृष्ट लोक दोहोरी गीत छायांकन
    क) बुद्ध थापा – युके बस्ने दाई
    ख) अजय रेग्मी – नमस्ते ढोगदिया
    ग) प्रकाश खड्का – छुकछुके रेलैमा
    घ) दिपक गिरी – मानुङ कोटैमा
    ङ) बिरेन्द परियार – गम्छा बानेर

    १९. सर्बाेत्कृष्ट लोक दोहोरी गीत सम्पादक
    क) मिलन बि.क. – स्याउली बजारमा
    ख) राजकुमार मगर – खोली सलल
    ग) मनोज कार्की – कन्या राशी
    घ) अमृत चापागाईं- कस्मिरे पछेउरी
    ङ) नवीन घर्ती मगर – छैन र माया

    २०. सर्बाेत्कृष्ट लोक दोहोरी परम्परागत गीत
    क) ईश्वर सिंह – सुनिमाया (पञ्चेबाजा)
    ख) मौसम गुरुङ – कान्छी (कौडा)
    ग) चिजा तामाङ – गोर्खाली (ठाडो भाका_
    घ) मिना लामा, सागर गुरुङ – सालैजो
    ङ) सुशील भट्टराई – झिलिमिली तिहार

    २१.सर्बाेत्कृष्ट लोक दोहोरी गीत प्रतियोगी गायक
    क) प्रितम पोख्रेल
    ख) निशान्त बि.क.
    ग) मानव रावत क्षत्री
    घ) सचिन भट्टराई
    ङ) सरोज सिमखडा

    २२. सर्बाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायिका
    क) सपना रोका
    ख) संगीना थापा मगर
    ग) जमुना बि.क.
    घ) खुश्बु सुनार
    ङ) जमुना सुनार

    २३.सर्बाेत्कृष्ट दोहोरी साँझ गायक
    क) रामजी प्रसाद पौडेल
    ख) संगम गुरुङ
    ग) दर्पण यात्री
    घ) टेक बादुर क्षत्री
    ङ) बखन सिङ गुरुङ

    २४. सर्बाेत्कृष्ट दोहोरी साँझ गायिका
    क) बेलिमाया पुलामी
    ख) प्रतिभा सापकोटा
    ग) शान्तीकार्की
    घ) बिमला दुरा
    ङ) सनम पुर्जा पुन


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page