काठमाडौं — लोकदोहोरी गायक तथा सर्जक बिष्णु खत्रीको नयाँ गीत ‘अस्ट्रेलिया सिड्नी’ सार्वजनिक भएको छ। प्रेमिल भावनामा आधारित उक्त गीत बिष्णु खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा बिष्णु खत्री र दिपिका बयम्भु मगरको स्वर रहेको छ। गीतका शब्द र संगीत बिष्णु खत्रीकै रहेको छ भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।
गीतको भिडियोमा कलाकार लोमश शर्मा र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रबिण थापाले गरेका छन् भने छायांकन करण चैसिर र सम्पादन मिलन विश्वकर्माले गरेका छन्।
गीतमा प्रेमिल जोडीको अस्ट्रेलियाको सिड्नी सहर घुम्ने चाहनालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ। आधुनिक शैली र आकर्षक दृश्य संयोजनमार्फत गीतलाई श्रव्यसँगै दृश्यात्मक रूपमा पनि प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
गायक खत्रीले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने