logo

शुक्रबार, साउन ८ २०८३

kantipurpationlinetv

२०८३ साउन ८ शुक्रबार

पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल

पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल


  • शुक्रबार, साउन ८ २०८३
  • 42
    SHARES

    पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ती आयोजनासँग सम्बन्धित मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको “पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” लाई अन्तिम रूप दिने विषयमा आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल सम्पन्न भएको छ।

    छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर ढुङ्‍गाना
    लगायतको सहभागिता रहेको थियो।

    यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा मुद्दा-मामिलाको छिटोछरितो निरूपणका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो।

    सोही प्रतिवेदनका सिफारिसका आधारमा “पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” तयार गरिएको हो। छलफलका पछि विधेयकलाई थप परिमार्जन गरी अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page