गोरखा — गोरखास्थित एनपीआई गोरखा अस्पताल प्रालि. र भीमसेन थापा वर्ल्ड प्रतिष्ठानबीच सदस्य तथा उनीहरूका परिवारलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एनपीआई गोरखा अस्पतालले हालै गोरखामा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनको तयारी गरिरहेको छ।
शुक्रबार आयोजित कार्यक्रममा एनपीआई गोरखा अस्पतालका मेडिकल डाइरेक्टर डा. संगमबाबु श्रेष्ठ र भीमसेन थापा वर्ल्ड प्रतिष्ठानका अध्यक्ष राजु थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार प्रतिष्ठानका सदस्य तथा उनीहरूका परिवारले अस्पतालबाट नियमित, आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवा प्राथमिकताका साथ प्राप्त गर्नेछन्। साथै प्रयोगशाला परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्डलगायतका स्वास्थ्य सेवामा विशेष सहुलियत उपलब्ध गराइनेछ।
अस्पतालमा उपलब्ध नभएका सेवाका लागि आवश्यक परे अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था समेत गरिएको सम्झौतामा उल्लेख छ।
सम्झौताअनुसार भीमसेन थापा वर्ल्ड प्रतिष्ठानका आधिकारिक परिचयपत्र वा प्रतिष्ठानको सिफारिस भएका सदस्य तथा उनीहरूका परिवारले अस्पतालमा उपलब्ध प्रयोगशाला परीक्षण तथा विभिन्न स्वास्थ्य सेवामा छुट सुविधा प्राप्त गर्नेछन्।
त्यस्तै, दुवै संस्थाले संयुक्त रूपमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाइ अभियान, स्वास्थ्य सचेतनामूलक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्ने सहमति गरेका छन्। विपन्न तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा स्वस्थ, समृद्ध र सचेत समाज निर्माणका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
दुवै पक्षले यस सहकार्यबाट प्रतिष्ठानका सदस्यलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै गोरखामा समुदायमुखी स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य सचेतना अभिवृद्धि तथा सामाजिक सेवामा थप प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी