logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

तीजमा महिलाको यथार्थ बोकेको ‘गीत सोचे झै भएन बिहे बरिलै’ सार्वजनिक

तीजमा महिलाको यथार्थ बोकेको ‘गीत सोचे झै भएन बिहे बरिलै’ सार्वजनिक


  • मंगलबार, साउन १९ २०८३
  • 3.4K
    SHARES

    काठमाडौं । हरितालिका तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ। यसैबीच गायिका रबिना चौहानको नयाँ तीज गीत ‘गीत सोचे झै भएन बिहे बरिलै’ सार्वजनिक भएको छ। गीतले महिलाको जीवनमा जबर्जस्ती विवाहपछि आउने पीडा, संघर्ष र पश्चातापलाई मुख्य विषयवस्तु बनाएको छ।

    सुनितामी परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आफ्नै इच्छाविपरीत विवाह गर्न बाध्य भएकी एक महिलाको जीवनकथा प्रस्तुत गरिएको छ। आफूले सोचेजस्तो जीवनसाथी र पारिवारिक वातावरण नपाउँदा भोग्नुपरेको मानसिक पीडा, बाल्यकालको माइतीघरको सम्झना तथा आमाबुवाको माया–ममतालाई गीतले भावुक ढंगले चित्रण गरेको छ।

    गीतले विशेषगरी विगतमा ग्रामीण समाजमा महिलाले भोग्नुपरेका सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ। सञ्चार र चेतनाको पहुँच सीमित हुँदा धेरै महिलाले आफ्ना इच्छा र अधिकारविपरीत विवाह गर्नुपरेको अवस्थालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ भने बदलिँदो सामाजिक परिवेशसँगै यस्ता समस्या क्रमशः घट्दै गएको सन्देश पनि गीतमार्फत दिन खोजिएको छ।

    गीतमा रबिना चौहान, अनिल श्रेष्ठ र सुनितामी परियारको स्वर रहेको छ। शब्द रबिना चौहानको तथा संगीत अनिल श्रेष्ठको रहेको छ। संगीत संयोजन नारायण डंगालले गरेका हुन्।

    गीतको भिडियोमा विवश खत्रीको कथा, निर्देशन तथा कोरियोग्राफी रहेको छ। वीरेन्द्र परियारको छायांकन, राजकुमार मगरको सम्पादन तथा निरज श्रेष्ठको सहनिर्देशन रहेको भिडियोमा सुरेश कोली, सुनितामी परियार, संगीता परियार, दीपक भुजेल, रूपा भुजेल, सूर्य कँडेल र हजाल शाहलगायत कलाकारको अभिनय देख्न सकिन्छ।

    सामाजिक सन्देशलाई केन्द्रमा राखेर तयार गरिएको यो तीज गीतले मनोरञ्जनसँगै महिलाले भोगेका यथार्थलाई नयाँ पुस्तासमक्ष पुर्‍याउने प्रयास गरेको निर्माण पक्षको विश्वास छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page