logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

प्रदेश अस्पताल गोरखामा एक वर्षमा ७०५ शल्यक्रिया, ४ हजार ७६२ जनाले लिए बहिरङ्ग सेवा

प्रदेश अस्पताल गोरखामा एक वर्षमा ७०५ शल्यक्रिया, ४ हजार ७६२ जनाले लिए बहिरङ्ग सेवा


  • बुधबार, साउन २० २०८३
  • 1.7K
    SHARES

    गोरखा । प्रदेश अस्पताल गोरखाले आर्थिक वर्ष २०८२/८३ मा सामान्य शल्यचिकित्सा सेवामार्फत ७०५ वटा शल्यक्रिया सम्पन्न गरेको छ। सोही अवधिमा ४ हजार ७६२ जना सेवाग्राहीले सामान्य शल्यचिकित्सा सम्बन्धी बहिरङ्ग (ओपीडी) सेवा लिएको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार गत आर्थिक वर्षमा सम्पन्न भएका शल्यक्रियामध्ये ३५० वटा प्रमुख (मेजर), ७९ वटा मध्यम (इन्टरमिडियट) र २७६ वटा सामान्य (माइनर) शल्यक्रिया रहेका छन्। बिरामीको अवस्था तथा रोगको प्रकृतिअनुसार आधुनिक ल्याप्रोस्कोपिक (ल्याप्रोस्कोपी) र खुला (ओपन) दुवै विधिबाट शल्यचिकित्सा सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।

    प्रदेश अस्पतालमा नियमित शल्यचिकित्सा सेवा हरेक मङ्गलबार र शुक्रबार सञ्चालन हुँदै आएको छ भने आकस्मिक अवस्थाका बिरामीका लागि २४सै घण्टा शल्यचिकित्सा सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ। यसबाट गोरखासहित आसपासका जिल्लाका बिरामीले सहज रूपमा विशेषज्ञ शल्यचिकित्सा सेवा प्राप्त गर्दै आएका छन्।

    अस्पतालको सामान्य शल्यचिकित्सा सेवा कन्सल्टेन्ट शल्यचिकित्सक डा. जितेन्द्रकुमार सिंह र डा. सुदिप श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको छ। एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा मेडिकल सुपरिन्टेन्डेन्ट एवं एनेस्थेसियोलोजिस्ट डा. शम्भु अधिकारीको नेतृत्वमा सञ्चालन हुँदै आएको छ भने अपरेशन थिएटर (ओटी) को व्यवस्थापन तथा समन्वय नर्सिङ निरीक्षक सुस्मिता पंगेनीले गर्दै आएकी छन्।

    दक्ष विशेषज्ञ चिकित्सक, एनेस्थेसिया टोली तथा अपरेशन थिएटर नर्सिङ टोलीको समन्वित प्रयासबाट गुणस्तरीय, सुरक्षित र प्रभावकारी शल्यचिकित्सा सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति र नियमित सेवा प्रणालीमार्फत प्रदेश अस्पताल गोरखाले जिल्लामै विशेषज्ञ शल्यचिकित्सा सेवा विस्तार गर्दै बिरामीलाई सहज, भरपर्दो र गुणस्तरीय उपचार उपलब्ध गराइरहेको अस्पतालको भनाइ छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page