logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

प्रकाश पराजुलीको नयाँ तीज गीत ‘म्वाई खाँदै’ सार्वजनिक

प्रकाश पराजुलीको नयाँ तीज गीत ‘म्वाई खाँदै’ सार्वजनिक


  • बुधबार, साउन २० २०८३
  • 0.7K
    SHARES

    काठमाडौं, २० साउन । हरितालिका तीज नजिकिँदै जाँदा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ। यसैबीच गायक तथा सर्जक प्रकाश पराजुलीको नयाँ तीज गीत ‘म्वाई खाँदै’ सार्वजनिक भएको छ।

    सार्वजनिक गीतमा सम्पन्न परिवारकी चेलीको बाहिरी सुखसुविधाभित्र लुकेको मनोवैज्ञानिक पीडा र सामाजिक यथार्थलाई विषयवस्तु बनाइएको छ। तीज गीतमार्फत महिलाका भावना, भोगाइ र समाजका विविध पक्षलाई प्रस्तुत गर्ने परम्परालाई निरन्तरता दिँदै गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ।

    गीतको शब्द तथा लय प्रकाश पराजुलीको रहेको छ भने स्वरमा चर्चित गायिका देवी घर्तीले साथ दिएकी छन्। संगीत संयोजन कृष्ण केसीले गरेका हुन्।

    गीतको भिडियोमा प्रकाश पराजुली, प्रिया अधिकारी र हिवाला गौतमको अभिनय रहेको छ। भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन्।

    सांगीतिक प्रस्तुति, कथावस्तु र अभिनयका कारण गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माण पक्षको दाबी छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page