काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए।
साह यसअघि नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि गरेको प्रक्रियामा उनी उत्कृष्ट तीन उम्मेदवारभित्र परेका थिए।
कार्यकारी निर्देशक पदका लागि प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि प्रतिस्पर्धामा थिए। मन्त्रिपरिषद्ले अनुभव, कार्यसम्पादन र योग्यताका आधारमा साहलाई नियुक्त गरेको हो।
नवनियुक्त कार्यकारी निर्देशक साहको नेतृत्वमा सरकारले अघि सारेको ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको रणनीतिक भण्डारण गृह निर्माणको योजना कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी रहनेछ। साथै, एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने, निगमको संस्थागत सुशासन सुदृढ गर्ने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने चुनौती पनि उनको काँधमा रहेको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न