logo

सोमबार, साउन २५ २०८३

kantipurpationlinetv

२०८३ साउन २५ सोमबार

तीज लक्षित ‘मै प्यारी छोरी’ सार्वजनिक, संस्कार र हिम्मतको सन्देश

तीज लक्षित ‘मै प्यारी छोरी’ सार्वजनिक, संस्कार र हिम्मतको सन्देश


  • आइतबार, साउन २४ २०८३
  • 2.8K
    SHARES

    काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा थम्मन परियारको शब्द तथा संगीत रहेको मौलिक तीज गीत ‘मै प्यारी छोरी’ सार्वजनिक भएको छ।

    गंगा सोनामको स्वर रहेको गीतमा बाबुआमा, दाजुभाइ तथा दिदीबहिनीको मायामा हुर्किएकी छोरीको कथा प्रस्तुत गरिएको छ। परिवारको मायाले फुर्किए पनि आफ्नो संस्कार नभुल्ने र परिवारको शिर नझुकाउने असल छोरीको भाव गीतमा समेटिएको छ।

    नारी असल हुनुका साथै हिम्मती पनि हुनुपर्छ भन्ने सन्देश भिडियोमार्फत दिन खोजिएको निर्माण पक्षले जनाएको छ। परिवार, संस्कार र नारीको भूमिकालाई केन्द्रमा राखिएको गीतले समाजमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

    गीतको भिडियोमा चर्चित मोडल तथा कलाकार आशा विश्वकर्मा, बलबहादुर घतानी, रिगन घतानी, रती कार्कीलगायतको अभिनय रहेको छ। बाल कलाकारतर्फ रोशुका महराले अभिनय गरेकी छन्।

    भिडियोको कथा तथा निर्देशन राजेन्द्र परियारले गरेका छन्। भरुण तामाङको कोरियोग्राफी, विशाल परियारको छायांकन र अनिल बिष्ट प्युठानीको सम्पादन रहेको छ।

    ‘मै प्यारी छोरी’ आशा विश्वकर्माको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। तीजको मौलिकता, पारिवारिक माया, संस्कार र नारी सशक्तीकरणको सन्देश बोकेको गीत दर्शक–श्रोताले रुचाउने अपेक्षा निर्माण पक्षले गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page