काठमाडौं । गोरखाली गायक तथा सर्जक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक भएको छ। तीजको उल्लाससँगै माया–प्रेम र रमाइलो भाव समेटिएको गीतको भिडियो अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा चर्चित गायिका देवी घर्ती मगर र पारस राज अधिकारीको स्वर रहेको छ। गीतको शब्द तथा लय पनि अधिकारीकै हो।
कृष्ण लामिछाने र तेजेन्द्र दुराको एरेन्ज तथा रेकर्डिङ रहेको गीत भ्वाइस क्रिएसन स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियोमा गायक पारस राज अधिकारी र पार्वती श्रेष्ठको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन किशोर विश्वकर्माले गरेका छन् भने सम्पादन सुजन कोइरालाले गरेका हुन्।
तीजको मौलिक संस्कृति, प्रेमभाव र मनोरञ्जनलाई केन्द्रमा राखिएको **‘मुस्काउँदा मुसुक्क’**ले तीज गीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएपछि गायक अधिकारीले नेपाली मौलिक लोक तथा तीज गीतलाई निरन्तरता दिँदै दर्शक–श्रोतामाझ नयाँ सिर्जना प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने