गुल्मी । सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ । नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनलाई सांगीतिक माध्यमबाट जोड्ने उद्देश्यले गीत सार्वजनिक गरिएको हो ।
रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको गीतमा बासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको लय रहेको छ । तीज गीतलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यले गीत तयार गरिएको सर्जकहरूले बताएका छन् ।
गीतका शब्दमा गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका, ढोरपाटन, पोखरा, चितवन, इलाम र काठमाडौंलगायतका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटिएको छ । ‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भावमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनसँगै नेपाली मौलिक संस्कृति र पहिचानलाई थप सशक्त बनाउने प्रयास गीतमा गरिएको छ ।
गीतको भिडियो निर्देशन निशान बानियाँले गरेका हुन् । भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारको अभिनय रहेको छ । भिडियो सम्पादन सुजन कोइरालाले गरेका छन् ।
सञ्चारकर्मीका रूपमा सक्रिय पोखरेल पछिल्लो समय मौलिक नेपाली गीत–संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनामा सक्रिय छन् । ‘रेलिमै घुमौँला फिरम्ला’ पनि सोही अभियानको निरन्तरता भएको निर्माण पक्षले जनाएको छ ।
गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको निर्माण पक्षको दाबी छ । तीज पर्वको अवसरमा सार्वजनिक गरिएको गीतले नेपाली मौलिकता, सांस्कृतिक पहिचानसँगै देशभित्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला