काठमाडौं, २०७९ साउन १० – नेपाली लोक संस्कृति र तीजको मौलिक परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यले पाल्पाली समाज युएईले आगामी २७ जुलाई २०२५ (आइतबार) आयोजना गर्न लागेको ‘भव्य तीज सांस्कृतिक कार्यक्रम २०८२’ लाई अझै आकर्षक र स्मरणीय बनाउने उद्देश्यसहित चर्चित लोकगायक नवीन पौडेल र लोकप्रिय लोकगायिका सुशिला गौतम युएईतर्फ प्रस्थान गरेका छन्।
आजै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुबईतर्फ उडेका यी कलाकारहरूलाई भव्य कार्यक्रमको मुख्य आकर्षणका रूपमा विशेष आमन्त्रण गरिएको हो।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष कैलाश अर्यालका अनुसार, “गायक नवीन पौडेल र गायिका सुशिला गौतमले प्रवासमा रहेर नेपाली लोक संस्कृतिप्रति गहिरो प्रेम राख्ने नेपालीहरूको हर्ष र उत्साह बढाउनेछन्।”
नवीन पौडेलले ‘के सम्झनु छ र जान्न मत त्यो घर’, ‘हर हर बासना अगरबत्तिको’, ‘बुलाँकी झुम्काना’, ‘ओइ सरकार ओइ देशका युवाबा खोइ?’, ‘सत्य कुरा बोल्छु’ जस्ता चर्चित गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्ने तयारी गरेका छन्। उता, गायिका सुशिला गौतमले ‘सुनौलीको सारी’, ‘गुल्मी चन्द्रकोट’, ‘माइतीको माया’, ‘पाहुना’ लगायतका लोक तथा तीज गीतमार्फत महिलाहरूमाझ उल्लास थप्नेछिन्।
कार्यक्रम संयोजक सीता बस्यालका अनुसार, “पाल्पाली समाज युएई स्थापना भएयता यति भव्य र साङ्गीतिक रूपमा सम्पन्न कार्यक्रम पहिलोपटक हुन लागेको हो। यसलाई ऐतिहासिक बनाउने हाम्रो दृढ प्रयास छ।”
कार्यक्रम बरदुबई, युएई मा गरिनेछ र यसको व्यवस्थापनका लागि उपाध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको नेतृत्वमा विभिन्न उपसमितिहरू सक्रिय छन्।
पूर्वअध्यक्ष बेदप्रसाद अर्यालका अनुसार, “कार्यक्रम विशेषगरी महिलालाई लक्षित गरी तीज नृत्य, दरखाने कार्यक्रम, रमाइलो तथा विविध प्रतियोगिता समेत समावेश गरिनेछ। यो युएईमा बसोबास गर्ने नेपालीका लागि जन्मभूमिको झल्को दिने सांस्कृतिक उत्सव बन्नेछ।”
कार्यक्रमलाई सफल बनाउन पूर्वअध्यक्ष केबी आले, बेदप्रसाद अर्याल, ओम कुमारी खाँण लगायतको सल्लाहकार समिति गठन गरिएको छ, जसको संयोजन वर्तमान महासचिव खुमप्रसाद न्यौपानेले गरेका छन्।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण