logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल

युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल


  • शुक्रबार, साउन २९ २०८३
  • 70
    SHARES

    काठमाडौं/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन्। शुक्रबार भएको भेटमा नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसंख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।

    भेटका क्रममा मन्त्री मेहता र युएनएफपिएका प्रतिनिधिहरुबीच नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना आदानप्रदान भएको थियो। सो अवसरमा नेपालले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अघि बढाएका सुधारका कामबारे समेत छलफल भएको थियो।

    युएनएफपिएले नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार,प्रभावकारी रेफरल प्रणाली,परिवार नियोजन तथा लैंगिक समानताका क्षेत्रमा गर्दै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

    त्यस्तै,मिडवाइफरी सेवा विस्तार,मानसिक स्वास्थ्य,जलवायु परिवर्तनको प्रभाव र मातृ स्वास्थ्य,जनसंख्या नीति तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि लगायतका विषयमा समेत छलफल भएको थियो।

    नेपालले महिला तथा बालबालिकाको स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि र अभ्यासबाट अन्य देशले समेत सिक्न सक्ने विषयमा युएनएफपिए प्रतिनिधिहरुले चासो व्यक्त गरेका थिए।

    भेटमा समसामयिक स्वास्थ्य चुनौतीको गहन विश्लेषण गर्दै तत्कालीन कार्यक्रमभन्दा दीर्घकालीन प्रभाव पार्ने गरी स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको थियो। मन्त्रालय र युएनएफपिएबीच प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्दै स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने दिशामा अघि बढ्ने समझदारी भएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page