काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ साल माघ र फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो । भुक्तानी पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पतालसँगै निजी तथा शिक्षण अस्पतालसमेत रहेका छन् ।
भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताललगायत स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्ने विभिन्न स्वास्थ्य संस्था समेटिएका छन् ।
स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेश गरेका दाबीको रुजु तथा मूल्यांकन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको जनाइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममार्फत बीमितलाई सेवा उपलब्ध गराउँदै आएका स्वास्थ्य संस्थालाई सेवा प्रदान गरेबापतको रकम भुक्तानी गरिँदै आएको छ । पछिल्लो भुक्तानीबाट विभिन्न जिल्लाका स्वास्थ्य संस्थाले प्रदान गरेको स्वास्थ्य सेवाको दाबीबापतको रकम व्यवस्थापन गरिएको हो ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह