काठमाडौं । गायिका राधा हमाल बानियाँको नयाँ तीज गीत ‘भुरुरु आउँथे बाई चरी भए त’ सार्वजनिक भएको छ । तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा मौलिक तीजको स्वादसँगै महिला दिदीबहिनीले छमछमी नाच्न मिल्ने भाव समेटिएको छ ।
खुमन अधिकारीको भाका तथा निशान बानियाँको शब्द रहेको गीतमा राधा हमाल बानियाँ र खुमन अधिकारीको स्वर रहेको छ । निशान बानियाँको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा अनिल पौडेल र गीता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन् । भिडियोमा आदर्श बानियाँ, सनश्रीना पौडेल, ऐश्वर्य बानियाँ र प्रिता वाइबा तामाङ पनि फिचर्ड छन् ।
राजाराम सिम्खडाको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ दिनसन शाहले गरेका छन् भने महेश महराले छायांकन गरेका हुन् । गीतको भिडियो राधा हमाल बानियाँको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको केही समयमै गीतको भिडियोले दर्शक तथा स्रोताको राम्रो साथ पाएको छ । भिडियो ३ लाखभन्दा बढी पटक हेरिएको छ भने दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ ।
गायिका तथा प्रस्तुतकर्ता राधा हमाल बानियाँले मौलिकताको जगमा तयार गरिएको गीत भएकाले दर्शक तथा स्रोताबाट उत्साहजनक साथ पाउने विश्वास व्यक्त गरेकी छन् । तीजको मौलिक संस्कृति र नाचगानको माहोललाई केन्द्रमा राखिएको गीतले यस वर्षको तीजमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता