काठमाडौं । अमेरिकामा बस्दै आएका युवा समाजसेवी तथा हजारौँ दुःखी तथा बिरामीलाई सहयोग गर्दै आएका समाजसेवी तारादेव डीसीको लगानीमा मौलिक तीज गीत ‘नाच भन्छे मैना’ सार्वजनिक भएको छ ।
डीसीको लगानी तथा उनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक तथा सर्जक राजन कार्कीको शब्द तथा संगीत रहेको छ । लोकदोहोरी गायिका सुजता सृजालको स्वर रहेको गीतमा याम थापा मगरले एरेन्ज गरेका छन् ।
हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘नाच भन्छे मैना’ मौलिक नेपाली तीजको भावसँगै मनोरञ्जन र नृत्यलाई केन्द्रमा राखेर तयार पारिएको छ । छमछम नाच्न र रमाइलो गर्न मिल्ने शैलीको गीतले तीजको माहोललाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटक तथा युट्युबमा यसको चर्चा बढ्दै गएको छ । विशेषगरी तीजको अवसरमा दिदीबहिनीहरूले ‘नाच भन्छे मैना’मा भिडियो बनाउँदै सामाजिक सञ्जालमा शेयर गर्न थालेका छन् ।
गीतको भिडियो कुमार केसीको निर्देशनमा निर्माण गरिएको हो । भिडियोमा अजय रेग्मीको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा तिर्सना बराईली र अशोक पौडेल फिचर्ड छन् ।
समाजसेवा क्षेत्रमा समेत सक्रिय डीसीले मौलिक नेपाली गीत–संगीतको प्रवर्द्धनका लागि गरेको सांगीतिक लगानीलाई सकारात्मक रूपमा हेरिएको छ । सामाजिक सेवासँगै नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्याउने उद्देश्यले गरिएको यो प्रयासले मौलिक तीज गीतको क्षेत्रमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।
‘नाच भन्छे मैना’ले आगामी दिनमा थप दर्शक तथा श्रोताको माया पाउँदै तीजको लोकप्रिय गीतका रूपमा स्थापित हुने विश्वास निर्माण पक्षले लिएको छ ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने