logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम

पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम


  • शनिबार, साउन १० २०८२
  • 98.4K
    SHARES

    काठमाडौं, श्रावण १० – चर्चित लोकसंगीत गायक पुष्कल शर्माले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत आज बिहान ८ बजे नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक गरेका छन्।

    शर्माले विगत वि.सं. २०६२ देखि संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका हुन्। ‘मलाई माफ गर’, ‘वचन’, ‘म अर्कैको’ जस्ता आधुनिक गीत र ‘मलामी’, ‘ढाट्यो मायाले’, ‘ताेरि लाहुरे’, ‘हिरो चर्तीकला’ जस्ता लोक तथा वियोगान्त गीतमार्फत उनले दर्शक–श्रोताको मन जितेका छन्।

    गीतमा पुष्कल शर्मा र गायिका पूर्णकला बिसीको आवाज रहेको छ। गीतका शब्द–लय शर्माकै हुन् भने निर्देशन मौसम हिमालीले गरेका हुन्। भिडियोमा अभिनयमा सवि शर्मा, अर्जुन सापकोटा, सारिका केसी र विक्रम बुढाथोकी समेत छन्।

    शर्माले भनेका छन्, “नेपालको तीज पर्वका मौलिक भावना र संस्कृति जगेर्ना गर्न यो गीत ल्याएको छु। त्यसैगरी पछिल्लो समय तीज गीतहरूमा देखिएको अश्लीलता र सांस्कृतिक विकृति बिरुद्ध यो कदम हो।” श्रोतामाझ गीतलाई सकारात्मक प्रतिक्रिया समेत मिलिरहेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा धेरै राम्रो प्रतिक्रिया पाइरहेको छ। सशक्त शब्द, भावनात्मक प्रस्तुति र मौलिक लयका कारण दर्शक तथा शुभचिन्तकले गीतको सार्थकता र सन्देशलाई खुलेर स्वागत गरिरहेका छन्।

    शर्माले गीतमार्फत तीज पर्वको मौलिकता, नेपाली महिलाहरूको आत्माभिव्यक्ति र पारिवारिक भावनात्मक सम्बन्धलाई उजागर गर्न खोजेका छन्। पछिल्ला वर्षहरूमा तीज गीतहरूमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिप्रति उनले स्पष्ट सन्देश दिएका छन्। ‘श्रीमान’ गीत यस्तै विकृतिको प्रतिवादस्वरूप आएको गीत हो, जसले नेपाली लोकसंस्कृति जगेर्ना, संरक्षण र प्रवर्धनमा योगदान दिन्छ भन्ने विश्वास गरिएको छ।

    पाल्पा जन्मिएर स्थापित तथा राष्ट्रिय स्तरमा लोकप्रिय गायक–सर्जक शर्मालाई धेरैले बियोगान्त गित संगितको धरोहर भनेर पनि सम्बोधन गर्छन्। लोकदोहोरि श्रेणीमा उनी एक स्थापित नाम बनेका छन्। उनले दर्जनौं गीतमा अभिनयसमेत गरेका छन्। सतिप्रथा आउछौं, सम्झना बाँकी छ रे, आउँदिनौ, सालैजौजस्ता गीतमार्फत उनले लोकसंगीतमा फरक शैली प्रस्तुत गर्दै आएका छन्।

    स्टेज कार्यक्रमदेखि युट्युबसम्म व्यापक रुचाइएका शर्मा आजका दिनमा राष्ट्रिय स्तरमै परिचित लोकगायक तथा सर्जकका रूपमा स्थापित छन्। आफ्ना अधिकांश गीतमा भावना, सन्देश र मौलिकताको समायोजन गर्न सक्ने उनी, पछिल्लो पुस्ताका लागि पनि लोकसंगीतमा एक प्रेरणादायी नाम बन्दै गइरहेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page