काठमाडौं: लोकगायक प्रकाश कटुवालले नयाँ लोकगीत ‘कटुवालको छोरो म त…’ सार्वजनिक गरेका छन्।
गीतमा शब्द, संगीत र स्वर सबै कटुवाल स्वयंको रहेको छ। आफ्नो थर, जातीय पहिचान, र संस्कारप्रतिको गर्व गीतमार्फत व्यक्त गरिएको छ। गीतले कटुवाल समुदायको मात्र नभइ, समग्र नेपाली समाजको श्रमशीलता, माटोप्रेम र संस्कृति प्रतिको निष्ठालाई समेटेको छ।
गीतमा लोकधुनको मिठास, ग्रामीण परिवेश र संस्कृतिको झल्को पाइन्छ। भिडियोलाई शंकर बी.सी. ले निर्देशन गरेका छन् भने भिडियोमा नेपाली पहिचान झल्काउने दृश्यहरू समेटिएका छन्।
कटुवालले गीतमार्फत जातीय गौरवसँगै आत्मविश्वास र नेपाली समाजप्रतिको योगदानलाई उजागर गर्न खोजेको बताएका छन्।
‘कटुवालको छोरो म त…’ प्रकाश कटुवालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने