logo

आइतबार, भाद्र २८ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २८ आइतबार

गिता अधिकारी ‘चौथो सिल्भर म्यूजिक अवार्ड २०२५’ मा सम्मानित

गिता अधिकारी ‘चौथो सिल्भर म्यूजिक अवार्ड २०२५’ मा सम्मानित


  • आइतबार, साउन ११ २०८२
  • 23K
    SHARES

    काठमाडौं — प्रियसी म्युजिकको आयोजनामा सम्पन्न ‘चौथो सिल्भर म्यूजिक अवार्ड २०२५’ मा नेपाली सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील पत्रकार गीता अधिकारीलाई “कला पत्रकारिता सम्मान” प्रदान गरिएको छ।

    चलचित्र विकास बोर्डको हलमा आयोजित भव्य समारोहमा संघीय सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा गीत–संगीत तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न ३० विधाका प्रतिभाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।


    गीता अधिकारी नेपाली सञ्चार क्षेत्रमा समर्पित, कर्मठ र जिम्मेवार पत्रकारको रूपमा परिचित छिन्। उनी विगत लामो समयदेखि नेपाली गीतसंगीत र चलचित्र क्षेत्रको प्रचारप्रसार र विकासमा निरन्तर क्रियाशील रहँदै आएकी छन्। उनका कलमबाट नेपाली सांगीतिक क्षेत्रका कलाकारहरूको संघर्ष, सिर्जना र सफलताका कथा उजागर हुँदै आएका छन्।

    कार्यक्रममा पत्रकार ऋषि थपलियालाई पनि पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने सविता पोखरेललाई समेत “कला पत्रकारिता सम्मान” दिइएको थियो। कार्यक्रमको सभापतित्व म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बविता श्रेष्ठले गरेकी थिइन्।

    कलाकार, पत्रकार, निर्देशक तथा संगीतकर्मीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गीता अधिकारीलाई प्रदान गरिएको सम्मानले समग्र कला पत्रकारितामा थप प्रेरणा र उत्साह सिर्जना गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page