logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

समिक्षा अधिकारी र सचिन भट्टराईको आवाजमा ‘कस्की छोरी होला’ तिज गीत भोलीदेखि विश्वव्यापी रुपमा रिलिज हुँदै

समिक्षा अधिकारी र सचिन भट्टराईको आवाजमा ‘कस्की छोरी होला’ तिज गीत भोलीदेखि विश्वव्यापी रुपमा रिलिज हुँदै


  • आइतबार, साउन ११ २०८२
  • 13.4K
    SHARES

    काठमाडौं — मौलिकता, संस्कृति र सिर्जनशीलतालाई समेट्दै गायिका समिक्षा अधिकारी र गायक-सर्जक सचिन भट्टराईको स्वरमा सजिएको बहुप्रतिक्षित तिज गीत ‘कस्की छोरी होला’ भोली सोमबार (२०७९ साउन १२) बाट समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत विश्वव्यापी रुपमा सार्वजनिक हुँदैछ।

    तिजको रौनकसँगै बजारमा छाडा र दोहोरीको संस्कारलाई बिगार्ने गीतहरू आउँदा आउँदै, ‘कस्की छोरी होला’ एक सशक्त, मौलिक र भावनात्मक तिज गीत बनेर दर्शक-श्रोतामाझ आउन लागेको हो। गीतमा गायक सचिन भट्टराईले शब्द तथा संगीत दिएका छन् भने लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजले गीतलाई विशेष बनाएको छ।


    मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा सुनिल न्यौपाने, मिन बर्तौला, अर्जुन सापकोटा र जुना बि.सी. को अभिनय देख्न सकिन्छ। गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन्।

    एरेन्जमेन्ट एच.बी.एन. किस्मतले गरेका छन् भने भिडियोमा नेपाली परम्परा, संस्कृति र नारीको सम्मान झल्काउने गहिरो सन्देश समेटिएको छ।

    सर्जक भट्टराई लेख्छन्: “यो खडेरीको सुख्खा मैदानमा धेरै मेहनत गरेर एउटा पीपलको रुख सार्दै छौं! मलजल गर्ने जिम्मा तपाईंहरूकै हो।”


    यो गीतले मौलिक संगीतको संरक्षण, महिला सशक्तिकरणको सन्देश र नेपाली तीजको मौलिक भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

    ‘कस्की छोरी होला’ ले श्रोताको मन छुने मात्र होइन, तीज गीतको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास लिई आएको छ।


    भोलि समिप इन्टरटेनमेन्ट युट्युब च्यानलबाट गित सार्वजनिक हुदै छ हेर्न नभुल्नुहोला ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page