काठमाडौं । साउन १५ गते—नेपाली समाजमा विशेष दिन। वर्षभरका मौसमी पर्वहरूमध्ये यो दिन पनि निकै चासोका साथ मनाइन्छ। आजको दिन घरघरमा खीर पकाइँदैछ, इष्टमित्र बोलाएर सँगै खाने परम्परा पुरानै हो।
असार १५ मा दहीच्युरा खाएझैँ, साउन १५ मा खीर खाएर मनाउने चलन नेपाली समाजमा पुस्तौंदेखि चल्दै आएको छ। संस्कृत भाषामा ‘पायस’ भनिने खीर धार्मिक हिसाबले पनि पवित्र मानिन्छ। विशेषगरी वैदिक सनातन संस्कारमा पितृकार्य र देवकार्यमा खीरको प्रयोग अनिवार्यजस्तै छ।
खीरलाई सात्विक भोजन मानिने भएकाले श्राद्ध, ब्राह्मण भोजजस्ता कर्मकाण्डहरूमा यसको छुट्टै महत्व छ। गाईको दूधमा चामल, चिनी, सुकमेल, डाल्चिनी, एलाइचीजस्ता मरमसलाले बनाइने खीर स्वादिलो मात्रै होइन, स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ।
साउन महिनामा झरीले गाउँघर हरियालीले ढपक्क ढाकिन्छ। यति बेला गाईभैँसीले प्रशस्त दूध दिन्छन्, खेतबारीको कामपनि सुस्त बन्छ। यस्तो बेलामा आफन्त र छरछिमेकलाई बोलाएर घरमै खीर पकाएर सँगै खानु, नेपाली समाजको आत्मीयता झल्काउने परम्परा हो। साथै, यो ऋतुमा शरीरलाई तातो र पोषणयुक्त खाना आवश्यक पर्छ भन्ने वैज्ञानिक कारण पनि यस परम्परासँग जोडिएको छ। चिसो मौसममा तातो दूधबाट बनेको खीरले शरीरलाई ऊर्जा र उष्णता दिन्छ।
नेपाली समाजमा मास–मासैको १५ गते फरक परिकार खाने परम्परा छ। असार १५ मा दहीच्युरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउखट्टे र माघ १५ मा मालपुवा। यी परिकारले मात्र होइन, यी दिनहरूको सामाजिक महत्वले नेपाली मौलिक संस्कृतिलाई समेटेका छन्।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण