logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

धावन मार्गमा चिप्लियो बुद्ध एयरको जहाज, सबै यात्रुको सकुशल उद्धार

धावन मार्गमा चिप्लियो बुद्ध एयरको जहाज, सबै यात्रुको सकुशल उद्धार


  • शुक्रबार, पुष १७ २०८२
  • 6.1K
    SHARES

    धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

    ५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९एन–एएमएस जहाज राति करिब ९ः१० बजे अवतरणका क्रममा धावन मार्गबाट करिब २०० मिटर बाहिर चिप्लिएर दुर्घटनामा परेको हो।

    झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जहाजमा कुनै पनि आगलागी भएको छैन। दुर्घटनापछि जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्यको सकुशल उद्धार गरिएको उनले जानकारी दिए।

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र घटनापछि केही समय भद्रपुर विमानस्थलको उडान–अवतरण प्रभावित भएको बताइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page