काठमाडौँ — माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ जना सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ दिलाएका हुन्।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने व्यवस्था छ। यसैअनुसार यही फागुन २० गते १९ जना सांसदको कार्यकाल समाप्त भएको थियो। तीमध्ये एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेकाले बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन गरिएको थियो।
निर्वाचनबाट विभिन्न प्रदेशबाट सांसदहरू निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन्।
मधेस प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा निर्वाचित भएका छन्।
त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन्।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा