काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक डाकेकी छन्। अपराह्न ३ बजे बस्ने बैठकमा जेन–जी आन्दोलनसँग सम्बन्धित घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय आयोगले गत फागुन २४ गते प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएको थियो। करिब एक साताको अध्ययनपछि उक्त प्रतिवेदन आज मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा प्रस्तुत गर्न लागिएको हो।
सरकारले प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक निर्णय गर्दै सम्बन्धित निकायहरूमा पठाउने तयारी गरेको जनाइएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कमा दीप प्रज्वलन