logo

शुक्रबार, असार ५ २०८३

kantipurpationlinetv

२०८३ असार ५ शुक्रबार

शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण

शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ काठमाडौंमा लोकार्पण


  • सोमबार, असार १ २०८३
  • 5.9K
    SHARES

    काठमाडौं । गोरखाकी साहित्यकार शोभा अधिकारीद्वारा लिखित पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ शनिबार काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।

    कार्यक्रममा लेखिका शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो पहिल्याउन सहयोग गर्ने बताइन् ।

    उनका अनुसार, “यो पुस्तकले आफूलाई चिन्न, आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वास बढाउन, सही निर्णय गर्न, सकारात्मक सोच विकास गर्न र जीवनलाई सार्थक बनाउन प्रेरित गर्नेछ।”

    उक्त लोकार्पण समारोहमा अभिनेता दयाहाङ राईले पुस्तकप्रति आफ्नो रुचि व्यक्त गर्दै विभिन्न विधाका पुस्तक अध्ययन गर्न मन पर्ने बताए । उनले ज्ञान र अनुभवलाई आफूले अभिनयमार्फत दर्शकमाझ प्रस्तुत गर्ने गरेको उल्लेख गरे ।

    कार्यक्रममा साहित्य, कला तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा जीवन विज्ञान अभियानका संस्थापक एल.पी. भानु शर्मा, डा. नवराज खतिवडालगायतले कृतिमाथि चर्चा गरेका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page