नेपाली लोक संस्कृति र तीजको मौलिक परम्परालाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ पाल्पाली समाज युएईले आगामी २७ जुलाई २०२५ (आइतबार) भव्य तीज सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गर्न लागेको छ। कार्यक्रम युएईको बरदुबईमा गरिनेछ।
उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालबाट गायक नवीन पौडेल र गायिका सुशिला गौतमलाई विशेष रूपमा आमन्त्रण गरिएको आयोजक संस्थाका अध्यक्ष कैलाश अर्यालले जानकारी दिए।
गायक नवीन पौडेलले ‘के सम्झनु छ र जान्न मत त्यो घर’, ‘हर हर बासना अगरबत्तिको’, ‘बुलाँकी झुम्काना’, ‘ओइ सरकार ओइ देशका युवाबा खोइ?’, ‘सत्य कुरा बोल्छु’, ‘दुःखका दिन गए’ लगायत चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन्।
यता, गायिका सुशिला गौतमले पनि ‘सुनौलीको सारी’, ‘गुल्मी चन्द्रकोट’, ‘माइतीको माया’, ‘पाहुना’ लगायत लोकप्रिय तीज गीत प्रस्तुत गर्ने बताएकी छिन्।
कार्यक्रमलाई भव्य बनाउन संगीत, नृत्य र नेपालीपन मिसिएको सांस्कृतिक उत्सवको रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको संस्थाका संस्थापक अध्यक्ष खुमबहादुर आलेले बताए। उनका अनुसार कार्यक्रमलाई व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गरिएको छ।
पूर्वअध्यक्ष बेदप्रसाद अर्यालका अनुसार कार्यक्रम विशेषगरी महिला लक्षित हुने गरी तीज नृत्य, दरखाने कार्यक्रम, रमाइलो तथा विविध प्रतियोगिता समेत समावेश गरिनेछ। “यसपटकको कार्यक्रम युएईका नेपालीहरूका लागि जन्मभूमि कै झल्को दिने ऐतिहासिक उत्सव बन्नेछ,” उनले बताए।
कार्यक्रम व्यवस्थापनको लागि उपाध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाको नेतृत्वमा लेखनाथ गैरे, गोमा ढकाल, सिमु पाण्डे, राजा बगर, सुनिता पाठकलगायतको टिम खटिएको संस्थाका सचिव राजा बगरले जानकारी दिए।
कार्यक्रम संयोजक सीता बस्यालका अनुसार, “पाल्पाली समाज युएई स्थापना भएयता यति भव्य कार्यक्रम पहिलोपटक हुन लागेको हो, यसलाई ऐतिहासिक बनाउने हाम्रो प्रयास छ।”
कार्यक्रम सफल बनाउन पूर्वअध्यक्ष केबी आले, बेदप्रसाद अर्याल, ओम कुमारी खाँण लगायतको सल्लाहकार समिति पनि गठन गरिएको वर्तमान महासचिव खुम प्रसाद न्यौपानेले बताए।

-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री