logo

आइतबार, साउन ११ २०८२

kantipurpationlinetv

२०८२ साउन ११ आइतबार

४ हजारभन्दा बढी दर्शकका बिच दुबईमा गुन्जिए कुमा सागर (फोटोफिचर)

४ हजारभन्दा बढी दर्शकका बिच दुबईमा गुन्जिए कुमा सागर (फोटोफिचर)


  • बुधबार, साउन ७ २०८२
  • 3.2K
    SHARES

    काठमाडौँ । ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए–
    ओ जाने भए जाउ
    ए माया अब धेरै नसताउ
    ओ तिम्रो त्यो चाल देखेर आज
    फुरफुरी लाग्यो लौ

    जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुती दिनमात्र के थालेका थिए, समर्थकले उनको स्वागतमा चर्को हुटिंग हुन सुरु भइहाल्यो । यूएईको दुबईस्थित अल नासर लेजरल्याण्डको हलमा ४ हजार भन्दा बढी दर्शकको सहभागितामा आइतबार साँझ कुमा सागर र खोप ब्याण्डले धमकेदार प्रस्तुति दिएको हो ।

    गोर्खा साँझ सिजन ३ को उक्त प्रस्तुतीमा कुमा सागर पहिलो पटक दुबईमा गुञ्जिएका हुन् । उनको दुबईमा पहिलो प्रस्तुती भएर पनि होला उनका फ्यानहरु चर्को गर्मीका बिच कार्यक्रम हेर्न आइपुगेका थिए ।
    कुमाले आफ्नो प्रस्तुतीका क्रममा हावाको लहर, ओ चम्पा, चमेलीको फूलसहित नेपाली संगीत र धुनहरु सुनाएर दर्शकलाई मत्रमुग्ध बनाए । कुमा र उनको ब्याण्डले प्रस्तुती दिइरहँदा लगातार दर्शकहरुले साथ दिँदै माहोल तताइरहे ।
    प्रस्तुतीका क्रममा कुमा सागरले आफूहरु २ दिन दुबईमा रहँदा गर्मीले त्रर्सिएको उल्लेख गर्दै आफ्नो गुजाराका लागि कयौँ वर्ष पसिना बनाइरहेका नेपालीहरुलाई सम्मान गर्न चाहेको बताए । उनले रहर र खुसीका लागि पसिना बगाउनु नेपालीको बाध्यता भएको भन्दै भावनात्मक कुरा पनि गरे । यस्तै उनले नेवा संस्कृतिको पुनर्जन्ममा आफुहरु संगीतमार्फत लागिपरेको पनि बारम्बार दोहोर्याइरहे ।

    प्रस्तुतीका क्रममा कुमालाई ब्याण्डका कलाकारहरूमा शरद देउला, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसुले साथ दिएका थिए ।
    कुमाअघि डान्सर ममता राना मगर, लोक दोहोरी गायक मोहन खड्काले आफ्नो प्रस्तुती दिएका थिए । यस्तै दुबईमै रहेर सक्रिय कन्दरा ब्याण्डले पनि भरपुर मनोरञ्जन दिएको थियो ।
    कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले अघिल्लो संस्करण भन्दा भव्यरुपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै यसका लागि साथ दिने साथ दिने सबै सरोकारवालालाई धन्यवाद दिए । कार्यक्रमको सहसंयोजक अनिल गुरुंगले आइतबारको कार्यक्रममा नेपाली समूदायको समर्थनले आफूहरु थप उत्साहित भएको बताए ।

    कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूएईका अध्यक्ष विकास शाही, एनआरएनए आईसीसीका उपाध्यक्ष मनोज गोर्खालीका साथसाथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech