logo

शनिबार, साउन ९ २०८३

kantipurpationlinetv

२०८३ साउन ९ शनिबार

आँबुखैरेनी गाउँपालिकाद्वारा वार्षिक प्रगति समीक्षा सम्पन्न

आँबुखैरेनी गाउँपालिकाद्वारा वार्षिक प्रगति समीक्षा सम्पन्न


  • शनिबार, साउन ९ २०८३
  • 63
    SHARES

    आँबुखैरेनी: आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को अन्तिम त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
    गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका, वडा कार्यालय, आँबुखैरेनी अस्पताल र पालिका मातहतका विभिन्न कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

    समीक्षा कार्यक्रममा शाखा प्रमुख तथा वडा सचिवहरूले आ–आफ्नो शाखा र वडा कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन भएका सेवा प्रवाह, विकास निर्माण तथा योजना–कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

    कार्यक्रममा सम्पन्न भएका कार्यहरूको उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी र विकास निर्माणका कार्यलाई गुणस्तरीय बनाउन आवश्यक सुधारका विषयमा विस्तृत समीक्षा तथा छलफल गरिएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको शाखागत र वडागत विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिँदै नागरिक, सरोकारवाला तथा सबै पक्षबाट रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page