काठमाडौं । गाईजात्रा ‘राष्ट्रिय चिडिया एयरबस’ सार्वजनिक भएको छ । हास्न नजान्नेहरू पनि पेट मिच्न बाध्य हुने र देशलाई माया गर्नेहरूलाई त अनिवार्य हेर्नै पर्ने गाईजात्रा ‘राष्ट्रिय चिडिया एयरबस’ सार्वजनिक भएको हो ।
हास्य कलाकारद्वय दमन रुपाखेती र उत्तम कोदेको संयुक्त परिश्रमले जन्माएको यो गाईजात्रा विशेष व्यंग्य अब युट्युबमा सार्वजनिक भइसकेको छ । यो भिडियो सिर्जना होइन, राष्ट्रिय स्तरको व्यंग्य उडान हो, जसले नेतादेखि जनतासम्म, लुतोपूजादेखि संसद छेउसम्म सबैलाई एकै फ्लाइटमा उडाएको छ ।
निर्देशक दमन भन्छन्, ‘हामी हाँस्न पनि बिर्सियौं, अनि रिसाउन पनि थाक्यौँ, अब त व्यंग्यकै सहारामा चेतना जगाउने बेला भयो, यो भिडियो हाँसो मात्रै होइन, सन्देश, सचेतना र आशाको मिश्रण हो ।’
देशको हालको जटिल अवस्थाबाट भिडियो सुरु हुन्छ । यसमा नेताहरूको कर्तुत, जनताको प्रवृत्ति, अनि सुधारको झिनो आशा सबै मिसिएको छ । तर यसमा टन्न हाँसो छ । सन्देश छ । अनि छ देशको यो दर्दमा बनेको हास्योपचार ।
‘राष्ट्रिय चिडिया एयरबस’ नाममात्रको कथा होइन, यसभित्र ‘राष्ट्रिय लुते पूजा’, ‘संसद छेउ’, ‘नेताको संकल्प’ जस्ता छोटा व्यंग्य पनि छन्, जसले यथार्थलाई हास्य रसमा चोपेर खाउँ खाउँ लाग्ने बनाएकफ छ ।
यस गाईजात्रामा कलाकार दमन रुपाखेती, उत्तक अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय रहेको छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक