काठमाडौँ, ८ साउन। प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधको आरोपमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ।
पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यस्तो निर्णय गरिएको हो।
मातहतका सबै युनिटमा यो परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित