काठमाडौं । गायिका राधा हमाल बानियाँको नयाँ तीज गीत ‘भुरुरु आउँथे बाई चरी भए त’ सार्वजनिक भएको छ । तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा मौलिक तीजको स्वादसँगै महिला दिदीबहिनीले छमछमी नाच्न मिल्ने भाव समेटिएको छ ।
खुमन अधिकारीको भाका तथा निशान बानियाँको शब्द रहेको गीतमा राधा हमाल बानियाँ र खुमन अधिकारीको स्वर रहेको छ । निशान बानियाँको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा अनिल पौडेल र गीता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन् । भिडियोमा आदर्श बानियाँ, सनश्रीना पौडेल, ऐश्वर्य बानियाँ र प्रिता वाइबा तामाङ पनि फिचर्ड छन् ।
राजाराम सिम्खडाको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ दिनसन शाहले गरेका छन् भने महेश महराले छायांकन गरेका हुन् । गीतको भिडियो राधा हमाल बानियाँको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको केही समयमै गीतको भिडियोले दर्शक तथा स्रोताको राम्रो साथ पाएको छ । भिडियो ३ लाखभन्दा बढी पटक हेरिएको छ भने दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ ।
गायिका तथा प्रस्तुतकर्ता राधा हमाल बानियाँले मौलिकताको जगमा तयार गरिएको गीत भएकाले दर्शक तथा स्रोताबाट उत्साहजनक साथ पाउने विश्वास व्यक्त गरेकी छन् । तीजको मौलिक संस्कृति र नाचगानको माहोललाई केन्द्रमा राखिएको गीतले यस वर्षको तीजमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा