काठमाडौं । नेपाली फेसन तथा बेस्पोक टेलरिङ क्षेत्रमा सक्रिय युवा उद्यमी राज कार्की सम्मानित भएका छन् । सुटमालाका कार्यकारी निर्देशकसमेत रहेका कार्कीलाई एभरेस्ट इभेन्टले विशेष सम्मान प्रदान गरेको हो ।
राजधानीमा आयोजित एक समारोहबीच कार्कीलाई नेपाली फेसन, टेलरिङ तथा सुट शिल्पकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
बागबजारलाई केन्द्र बनाएर सुटमालामार्फत टेलरिङ व्यवसायलाई आधुनिक, व्यवस्थित र गुणस्तरीय बनाउने अभियानमा कार्की सक्रिय छन् । परम्परागत सिलाइ सीपलाई आधुनिक बजारको माग, उत्कृष्ट शिल्पकारिता र व्यावसायिक व्यवस्थापनसँग जोड्दै उनले नेपाली फेसन बजारमा छुट्टै पहिचान बनाएका छन् ।
व्यवसायसँगै ब्रान्डिङ, प्रचार–प्रसार तथा सिर्जनात्मक गतिविधिमा समेत सक्रिय कार्कीले युवामा उद्यमशीलता र स्वावलम्बनको भावना विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन् । विभिन्न व्यावसायिक मञ्च तथा नेटवर्कमार्फत नेपाली उत्पादन र उद्यमीको प्रवर्द्धनमा समेत उनको सक्रियता रहँदै आएको छ ।
स्थानीय उद्योग, उत्पादन र रोजगारीको विस्तारबाट मात्रै मुलुकको अर्थतन्त्र बलियो बन्न सक्ने धारणा राख्दै आएका कार्कीले परम्परागत सीपलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिँदै आएका छन् ।
सम्मान ग्रहणपछि कार्कीले प्राप्त सम्मानले आगामी दिनमा अझ ऊर्जा र सिर्जनात्मकताका साथ काम गर्न प्रेरणा मिलेको बताए ।
‘यो सम्मानले मेरो जिम्मेवारी अझ बढाएको महसुस गरेको छु । आगामी दिनमा नेपाली सुट शिल्पकारितालाई थप उचाइमा पुर्याउन निरन्तर काम गर्नेछु,’ उनले भने ।
सुटमालाको सेवा देशभर विस्तार गर्दै नेपाली फेसन बजारमा आधुनिक सेवा र उत्कृष्ट गुणस्तर स्थापित गर्ने आफ्नो लक्ष्य रहेको कार्कीले बताए ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’