काठमाडौं । प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ सार्वजनिक भएको छ ।
गायिका रोकाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा उनको एकल स्वर रहेको छ । गीतको शब्द तथा लय सिर्जना पनि सपना रोकाले नै गरेकी हुन् । शिव कनौजे मगरको एरेन्ज रहेको गीत माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
सागर बाजुरालीले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ खड्क बाजुरालीले गरेका छन् ।
गीतको म्युजिक भिडियो लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा चर्चित हास्य कलाकार मेक्सम गौडेल र जुना विश्वकर्माको अभिनय रहेको छ । करण चैसिरले छायांकन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् ।
‘त्यो केटाले हेर्यो’मा युवतीको उमेरसँगै बढ्दै गएको बैँस, प्रेमप्रतिको कौतूहल र आफूलाई लुकीलुकी हेर्ने युवाप्रतिको चञ्चल भावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । ‘त्यो केटाले हेर्यो मलाई’ भन्ने मुख्य भावमार्फत गीतले प्रेमको सुरुवाती आकर्षण र युवावस्थाको चञ्चलतालाई दोहोरीको मिठासमा प्रस्तुत गरेको छ ।
‘बैँस हो कि मन हो पापी, भेटिएन तालाचाबी’ जस्ता शब्दमार्फत मनमा जागेको प्रेमभावलाई प्रस्तुत गरिएको छ भने आफूलाई बाटो ढुकेर हेर्ने तथा जिम गरेर बनाएको ज्यानले सबैको ध्यान तान्ने प्रसंगलाई पनि गीतमा रोचक ढंगले समेटिएको छ ।
यसअघि तीन वर्षअघि खेम सेञ्चुरीसँग सपना रोकाले ल्याएको ‘नन्दनी’ गीत लोकप्रिय बनेको थियो । विभिन्न दोहोरी प्रतियोगितामा सहभागिता जनाउँदै प्रथम तथा द्वितीय स्थान हासिल गरेकी रोकाले नयाँ गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएकी छन् ।
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
-
भोटेकोशी बाढीपीडितलाई लोकदोहोरी व्यवसायी संघको राहत, सिरक–डसनादेखि चुलोसम्म सहयोग
-
तीजमा छमछमी नचाउने ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक