काठमाडौं । गायिका शान्ति श्रीस मगरको नयाँ लोकदोहोरी गीत ‘लाउरेनीलाई मस्ती’ सार्वजनिक भएको छ। सुरेश राना मगरको शब्द तथा लय सिर्जनामा तयार भएको गीतमा शान्ति श्रीस मगर, शान्ता रानी परियार र विजय पुनको स्वर रहेको छ। एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ वान डीबीएचडी रेकर्डिङ स्टुडियोमा गरिएको हो।
लोकप्रिय कलाकार विजय पुनको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको म्युजिक भिडियोमा विजय पुन, सजना गुरुङ, चाहना राना मगर र अनुप बुढामगरको अभिनय देख्न सकिन्छ। बुद्ध थापा एन्ड टिमले छायांकन गरेको भिडियोको सम्पादन राजकुमार मगरले गरेका हुन्।
‘लाउरेनीलाई मस्ती’ गितमा लाहुरे श्रीमान् र सम्पन्न जीवनशैलीलाई रमाइलो तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। गीतका शब्दमा लाहुरेकी श्रीमतीको जीवन, आर्थिक सम्पन्नता र वैवाहिक जीवनसँग जोडिएका रमाइला प्रसंगलाई समेटिएको छ। गीत सार्वजनिक भएसँगै युट्युब, टिकटक र फेसबुक रिल्समा समेत चर्चा बटुलिरहेको छ।
पोखरामा बसेर आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी गायिका शान्ति श्रीस मगरले व्यवसायसँगै आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिँदै आएकी छन्। उनका ‘फूलजस्तै मेरो जोवन’, ‘जुन तारा’, ‘गल्छी झरेसी’, ‘बसे पर्खेर’, ‘बिहेभन्दा पहिले’, ‘न त जुन राम्रो’, ‘जोडी सुगा’ र ‘यूके बस्ने दाइ’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन्।
विशेषगरी ‘यूके बस्ने दाइ’ गीतले शान्तिलाई थप चर्चामा ल्याएको छ। केही दिनअघि सम्पन्न ९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८३मा सोही गीतबाट उनले ‘उत्कृष्ट लोक तथा दोहोरी नवगायिका’को अवार्डसमेत प्राप्त गरेकी थिइन्। ‘यूके बस्ने दाइ’ अहिले करोड क्लबको नजिक पुगेको बताइएको छ।

नयाँ गीत ‘लाउरेनीलाई मस्ती’ भने गायिका शान्ति श्रीस मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा रहेको रमाइलो शब्द, लय र कलाकारहरूको अभिनयका कारण सार्वजनिक भएयता दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक