logo

मंगलबार, भाद्र २३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २३ मंगलबार

प्रकाश सपुत श्रीमती विन्दुसँग पहिलोपटक म्युजिक भिडियोमा: निशा सुनारले ल्याइन् लाली लपक्कै सारी सपक्कै

प्रकाश सपुत श्रीमती विन्दुसँग पहिलोपटक म्युजिक भिडियोमा: निशा सुनारले ल्याइन् लाली लपक्कै सारी सपक्कै


  • मंगलबार, भाद्र २३ २०८३
  • 77
    SHARES

    काठमाडौं । तीज नजिकिँदै गर्दा गायिका निशा सुनारले नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन् । निशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत रहेको छ ।

    सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य देख्न सकिन्छ भने गायिका निशा सुनार पनि विशेष भूमिकामा प्रस्तुत भएकी छन् । सुनिल विकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी, हरि हुमागाईंको डीओपी तथा प्रवीण भट्टको सम्पादन रहेको छ ।

    यस गीतमार्फत गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा काम गरेका छन् । भिडियोमा उनीहरूको जोडीको केमेस्ट्रीलाई दर्शकले विशेष रूपमा रुचाउने अपेक्षा गरिएको छ ।

    महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गरी तयार पारिएको गीत सनिशा फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page