logo

मंगलबार, भाद्र २३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २३ मंगलबार

म्युजिक खबर तीज म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्युजिक खबर तीज म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक


  • मंगलबार, भाद्र २३ २०८३
  • 77
    SHARES

    काठमाडौं । ‘पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’ को विभिन्न २२ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । आर्टिस्ट अफ नेपाल डटकमको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको अवार्डको पाँचौँ संस्करणका लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

    २०८३ सालमा बजारमा आएका तीज गीतहरूलाई समेटेर आयोजना गरिएको अवार्डमा सर्वोत्कृष्ट मिक्सिङ, संगीत संयोजक, नवप्रतिभा, मोडल, निर्देशक, कोरियोग्राफर, छायाँकार, सम्पादक, गायक, गायिका, संयुक्त गायनलगायत तीज दोहोरी तथा मौलिक गीतका २२ विधा समावेश गरिएको अवार्डकी अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।

    उत्कृष्ट पाँचमा परेका प्रतिस्पर्धीमध्ये निर्णायक, भोटिङ र आयोजकको मतका आधारमा प्रत्येक विधाबाट एक जनालाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्ड प्रदान गरिनेछ । अवार्डमा ५० प्रतिशत निर्णायकको मत, ४० प्रतिशत भोटिङ र १० प्रतिशत आयोजकको मतलाई आधार बनाइने आयोजकले जनाएको छ ।

    अवार्ड समारोहमा संगीत तथा कला क्षेत्रमा सक्रिय महिला दिदीबहिनीहरूलाई विभिन्न विधामा सम्मानसमेत गरिने भएको छ । नारीरत्न सम्मान, कलापत्रकारिता सम्मान, कला सम्मान, व्यवसायी सम्मान, शिक्षासेवी सम्मान, स्वास्थ्यकर्मी सम्मान तथा सामाजिक सम्मानलगायतका विधामा योगदान पुर्‍याएका महिलालाई सम्मान गरिने आयोजकले जनाएको छ ।

    अवार्ड समारोह आगामी भदौ २६ गते काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्यूमा आयोजना हुनेछ । अवार्डलाई सफ्टी हाइजन, कृषि विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंकलगायतले प्रायोजन गरेका छन् ।

    अवार्डमा आफूलाई मन परेको विधामा भोट गर्नका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुनेछः

    https://aventoz.com/event-details/6a9d336d85b3c 

    सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल विधाहरु निम्नानुसार रहेका छन्ः

    १. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ
    १) किशोर थापा – रानीहार
    २) कुमार राना – महादेव खाली भयो जेब
    ३) नरेश बीबीसी – बुलेट बाइक
    ४) विनोद परियार – छेक्यो बरै बादलुले
    ५) मनोज डंगोल – छैनिन् मेरी आमा

    २. सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक
    १) कृष्ण केसी – म्वाइँ खाँदै
    २) नरेन्द्र वियोगी – यो तीजमा म माइत आउँछु
    ३) झलक संगीतम – अच्छा लेकिन रेलैमा
    ४) विपिन आचार्य – नाचौं न छमछमी
    ५) रमेश सेन्चुरी – माइतीघरको आँगन

    ३.सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
    १) आरती परियार, तनुजा शाही, पार्वती आचार्य – तीन बहिनी
    २) उमा श्रेष्ठ – रातो सारी
    ३) करुणा गन्धर्व – यसपालिको तीजमा जान्न माइत
    ४) पूर्णिमा आचार्य – बुलेट बाइक
    ५) अन्जिता विश्वकर्मा – छेक्यो बरै बादलुले

    ४. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला
    १) जुना विश्वकर्मा – रातो बरिको
    २) पूजन घिमिरे – सर्लक्कै
    ३) नारायण खत्री – कर्णाली सलल
    ४) नन्जिता सुनार – रिस र डाह किन
    ५) उषा उप्रेती – यो तीजमा म माइत आउँछु

    ५. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष
    १) अनिल पौडेल – चरि भए त
    २) पवन रोकाया – छेक्यो बरै बादलुले
    ३) सुमन सागर केसी – मेरो माया जुनीभरिलाई
    ४) सुरेश कोल्ही – हुनेवाला जोइ
    ५) भुवन के. पोखरेल – कम्मरु भाँचुला

    ६. सर्वोत्कृष्ट तीज गीत संयुक्त मोडल
    १) झरना रिसाल र दिप्सा कार्की – माइतीघरको आँगन
    २) एलिना रायमाझी र पार्वती श्रेष्ठ – महादेव खाली भयो जेब
    ३) अन्जली अधिकारी र सुजनी खड्का – नाच छमछम
    ४) बिना राउत र एलिसा बास्तोला – छक्कै परियो
    ५) सुशीला थापा र सुनिषा बजगाईं – चट्टै परेर

    ७. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
    १) कुमार केसी – छेक्यौ बरै बादलुले
    २) निशान बानियाँ – कर्मै खोटी छ
    ३) किरण चापागाईं – माटे कराई
    ४) एकेन्द्र सारा शंकर – रातो बरिको
    ५) प्रकाश धिताल – छक्कै परियो

    ८. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
    १) सन्दीप भुजेल – भिजायो फरिया बर्खैले
    २) जेरी भण्डारी – म्वाइँ खाँदै
    ३) मुकेश पुलामी – कहानी नारीको
    ४) शिवन पोखरेल – तीजका लहर आउँदा
    ५) श्याम पटेल – बुलेट बाइक

    ९. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
    १) महेश महरा – कर्मै खोटी छ
    २) सुबिन गोदार – बुलेट बाइक
    ३) वीरेन्द्र भट्ट – किन हो बहिनी पर पर
    ४) देवराज आचार्य – साउने झरी
    ५) ओम प्रसाद प्रसाई – भिजायो फरिया बर्खैले

    १०. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
    १) विनोद बम – महादेव खाली भयो जेब
    २) विष्णु शर्मा – तीन बहिनी
    ३) दिनशन शाह – कर्णाली सलल
    ४) पदम सुवेदी – साउने झरी
    ५) रविन विक – घन्काइदेउ मादलु

    ११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृङ्गार
    १) सरिता प्रजापति – माइतीघरको आँगन
    २) गीता वि.क. – यो तीजमा
    ३) कविता तोलाङ्गी – भुरुरु आउँथे बाइ चरि भए त
    ४) प्रिया कार्की – बादलुले बरै छेक्यो
    ५) सुबास तिमिल्सना – म्वाइँ खाँदा

    १२. सर्वोत्कृष्ट गीत संयुक्त गायन
    १) कल्पना काफ्ले÷देवी आचार्य – बाट्ली
    २) टीका पुन, गोमा न्यौपाने, कमला पोखरेल – जन्मेर हुर्केको घर
    ३) कालिका रोका÷दिपिका बयम्बु – कस्की भान्जी
    ४) रिता बुर्लाकोटी÷समिक्षा अधिकारी – नाच छमछम
    ५) रेजिना परियार÷सरिता सुनार – माइतीको आँगनी

    १३. सर्वोत्कृष्ट तीज दोहोरी शब्द
    १) डम्बर विश्वकर्मा – पानवाला भैया
    २) भावना आचार्य – सर्लक्कै
    ३) हरि गिरी बिमर्शी – लभ गरे नजा
    ४) शेर साउद – हुनेवाला जोइ
    ५) कृष्ण लामिछाने – यो तीजमा

    १४.सर्वोत्कृष्ट तीज दोहोरी संगीत
    १) झलक संगीतम् – अच्छा लेकिन रेलैमा
    २) रामकृष्ण बममल्ल – तीन बहिनी
    ३) रमेशराज भण्डारी – रेलिमै घुमौला फिरौंला
    ४) ऋषि खड्का – दिम कि नदिम
    ५) मोतीराज खनाल – कम्मरु भाँचुला

    १५. सर्वोत्कृष्ट गायक तीज दोहोरी
    १) खुमन अधिकारी – खाडी जानेलाई
    २) रमेश विक्रम रत्न – नाचिदेउ गौंथली
    ३) ऋषि खड्का – दिम कि नदिम
    ४) खेमराज तिवारी – रातो सारीमा छड्के तिलहरी
    ५) निरज केसी – मेरो माया जुनीभरिलाई

    १६. सर्वोत्कृष्ट गायिका तीज दोहोरी
    १) प्रिति आले – खाडी जानेलाई
    २) श्रद्धा दियाली – रातो सारीमा छड्के तिलहरी
    ३) राधा हमाल बानियाँ – चरि भए त
    ४) रेखा पोखरेल – कम्मरु भाँचुला
    ५) सुनिता बुढा क्षेत्री – रिस र डाह किन

    १७. सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द
    १) युवराज काफ्ले – यो तीजमा म माइत आउँछु
    २) सरिता घिमिरे – नाचौं न छमछमी
    ३) विपिन किरण – नाच छमछम
    ४) लक्षुप्रकाश मल्ल – छैनिन् मेरी आमा
    ५) सुनिल केसी – कर्मै खोटी छ

    १८. सर्वोत्कृष्ट मौलिक तीज संगीत
    १) असिमचन्द्र विश्वकर्मा – रातो बरिको
    २) दिपक शर्मा – नौरती फूली
    ३) शंकर थापा स्माइल – रानीहार
    ४) प्रकाश पराजुली – म्वाइँ खाँदै
    ५) गणेश अधिकारी – कर्मै खोटी छ

    १९. सर्वोत्कृष्ट तीज गीत गायिका
    १) जुना श्रीष मगर – आमा
    २) संगीता भण्डारी – रानीहार
    ३) चाँदनी शाक्य – तीज आयो
    ४) आशा बुढा – बुलेट बाइक
    ५) सरिता भारती – भिजायो परिया बर्खैले

    २०) सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
    १) देवी घर्ती – म्वाइँ खाँदै
    २) पूजन काफ्ले – तीजको लहर आउँदा बरिलै
    ३) शान्तिश्री परियार – रातो बरिको
    ४) रिता केसी – कहानी नारीको
    ५) लक्ष्मी पुरी प्रधान – नाच फुरुक्कै

    २१. सर्वोत्कृष्ट तीज गीत डायस्पोरा
    १) लक्ष्मी अर्याल – कहानी नारीको
    २) डा.अनितारा रञ्जितकार – नाचौं न संगी
    ३) निर्मला घिमिरे ‘नीरु’ – माइतीघरको आँगन
    ४) विजयजंग थापा – अच्छा लेकिन रेलैमा
    ५) शारदादेवी अधिकारी – छक्कै परियो

    २२) सर्वोत्कृष्ट तीज गीत
    १) नौरती फूली – एलिना चौहान
    २) छोरा बनाइ दे – पशुपति म्युजिक
    ३) छेक्यो बरै बादलुले – हमाल म्युजिक
    ४) आयो मलाई झलिको – सुमित्रा कोइराला
    ५) चट्टै परेर – उषा मलाह


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page