logo

आइतबार, असोज २५ २०८३

kantipurpationlinetv

२०८३ असोज २५ आइतबार

समाजसेवा, संस्कृति संरक्षण र मानवीय सहयोगमा सक्रिय नोर्चेल तामाङ सम्मानित

समाजसेवा, संस्कृति संरक्षण र मानवीय सहयोगमा सक्रिय नोर्चेल तामाङ सम्मानित


  • आइतबार, असोज २५ २०८३
  • 1.4K
    SHARES

    काठमाडौं । समाजसेवा, संस्कृति संरक्षण तथा मानवीय सहयोगका क्षेत्रमा सक्रिय रसुवाका समाजसेवी नोर्चेल तामाङ सम्मानित हुनुभएको छ। राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान तथा ‘स्रष्टा सम्मान’ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो।

    रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, तातोपानी निवासी तामाङ लामो समयदेखि स्थानीय समुदायमा सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। विशेषगरी तातोपानी क्षेत्रको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्‍याउँदै आउनुभएको योगदान उल्लेखनीय छ।

    समुदायमा आइपर्ने समस्या तथा विपद्का समयमा दुःखी, पीडित र आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्दै आउनुभएका तामाङले सामाजिक एकता र आपसी सहयोगको भावनालाई समेत प्रोत्साहन गर्दै आउनुभएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै मानवीय सेवामा उहाँको सक्रियताले समुदायमा सकारात्मक प्रभाव पारेको छ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कला, संगीत, संस्कृति, पर्यटन तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

    तामाङलाई प्रदान गरिएको सम्मानले समाजसेवा, संस्कृति संरक्षण र मानवीय सहयोगमा समर्पित व्यक्तित्वको योगदानको कदर गरेको छ। स्थानीयस्तरमा रहेर समाज र संस्कृतिको संरक्षणमा निरन्तर योगदान पुर्‍याउने व्यक्तित्वलाई गरिने सम्मानले अन्यलाई पनि सामाजिक सेवामा सक्रिय हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

    राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो। संघका महासचिव विनोद ढकालले सञ्चालन गर्नुभएको समारोहमा कला, संगीत, संस्कृति, पर्यटन तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page