काठमाडौं — लोकप्रिय गायक तथा सर्जक बद्रि पंगेनीको नयाँ तीज गीत ‘पाल्पाली कान्छो’ भर्खरै सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय बद्रि पंगेनी निरन्तर नयाँ गीतसहित दर्शक–श्रोतामाझ आइरहेका छन्।
यसपटक उनले तीजको अवसरलाई लक्षित गर्दै उत्कृष्ट नृत्यसहितको तीज गीत सार्वजनिक गरेका छन्। गीतमा बद्रि पंगेनी र रचना रिमालको स्वर रहेको छ भने शब्द शिव अखेलीले लेखेका छन्। लय बाबु कृष्ण परियारको रहेको गीतको निर्देशन लोकप्रिय निर्देशक शंकर विसीले गरेका हुन्, जो हालै अमेरिकाबाट नेपाल फर्किएका छन्।
गीतमा अभिनेत्री रविना भण्डारीले अभिनय गरेर भिडियोलाई थप आकर्षक बनाएकी छिन्। उक्त गीत बद्रि पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
दसैँ बिदामा पोखरामा पर्यटकको घुइँचो, अन्नपूर्ण केबलकार पर्यटकको रोजाइमा