काठमाडौं: चर्चित संगीतकार तथा ‘भ्वाइस किड्स’का कोच खेम सेन्चुरी अचानक बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ। क्यानडामा सांगीतिक प्रस्तुति दिन जाने तयारीमा रहेका सेन्चुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज कुरिरहेका बेला असहज महसुस भएपछि उनलाई अस्पताल लगिएको हो।
बिहीबार बेलुका बोर्डिङ पास लिएर विमानस्थलभित्र रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो। प्रारम्भिक जाँचपछि चिकित्सकको सिफारिसमा एम्बुलेन्समार्फत उनलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो।
अस्पतालमा गरिएको परीक्षणपछि सेन्चुरीको पेटमा पत्थरी (स्टोन) देखिएको गीतकार नेत्र अर्यालले जानकारी दिएका छन्। ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्यालले पनि पत्थरी देखिएको पुष्टि गरेका छन्।
हाल सेन्चुरी केएमसी अस्पतालमा भर्ना छन् र शुक्रबार बिहानसम्म थप रिपोर्टको आधारमा उपचार अघि बढाइने जनाइएको छ। यद्यपि, उनको स्वास्थ्यमा सुधार आइरहेको जनाइएको छ।
संगीतकार सेन्चुरी हाल प्रसारण भइरहेको ‘भ्वाइस किड्स’मा कोचका रूपमा आवद्ध हुनुका साथै विभिन्न कार्यक्रममा व्यस्त रहेका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण