काठमाडौं । आगामी भाद्र ३ गतेदेखि सुरु हुने १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेट गरी उक्त अनुरोध गरेको थियो, जसलाई प्रधानमन्त्रीले सहर्ष स्वीकार गरेका हुन्।
नाडा अटो शो, जुन यस वर्ष भाद्र ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ, नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुँदैछ। यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र विन्टेज मोटर शो रहेका छन् ।
प्रधानमन्त्रीले अटो शोको उद्घाटन गर्न स्वीकार गरेपछि अटोमोबाइल व्यवसायीहरू उत्साहित भएका छन्। भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको पनि उपस्थिति रहेको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण