गोरखा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताएका छन्।
गोरखा सदरमुकामस्थित गोरखा एनपिआई अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी क्षेत्रको लगानीलाई प्रोत्साहनमार्फत रोजगारी सिर्जना गर्ने योजनामा सरकार अघि बढेको जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कुल बजेटको १० प्रतिशतभन्दा बढी विनियोजन गरेको छ। स्वास्थ्य पूर्वाधारमा निरन्तर विस्तार भइरहेकाले अहिले गण्डकीमा ६५० बेडमार्फत सेवा उपलब्ध भइरहेको उल्लेख गर्दै उनले आफू मुख्यमन्त्री हुँदा यो संख्या १६५ मात्र रहेको स्मरण गरे।
“नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पलायनबाट रोक्न सकिँदैन,” मुख्यमन्त्री पाण्डेले भने, “स्वास्थ्य क्षेत्रमा डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई आकर्षक रोजगारी उपलब्ध गराउने हाम्रो अर्को लक्ष्य हो।”
स्वास्थ्य पर्यटनको सम्भावना गण्डकीमा प्रचुर रहेको बताउँदै उनले अस्पताल र स्वास्थ्य संस्थाको विस्तारसँगै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्ने नीति सरकारको रहेको स्पष्ट पारे। आवश्यक परे कानुनी र नीतिगत अवरोधसमेत संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ।
मुख्यमन्त्री पाण्डेले जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नहुने भन्दै गण्डकीलाई स्वास्थ्य क्षेत्रमा अगाडि बढाउन सबै तहमा ठूलो लगानी आवश्यक रहेको धारणा राखे।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने