२३ भदौ, काठमाडौं — सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दा देशभरबाट १९ जनाको मृत्यु भएको छ भने ३४७ जना घाइते भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालहरूबाट संकलन गरिएको विवरणमा मृत्यु हुनेको संख्या १९ पुगेको हो।
मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
प्रदर्शनमा घाइते भएका ३४७ जनाको देशभरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
प्रदर्शन कसरी हिंसात्मक भयो र घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे थप विवरण आउन बाँकी छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण