काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले सर्वसम्मत रूपमा कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी उच्चस्तरीय स्रोतका अनुसार “आवश्यकताको सिद्धान्त”अनुसार यो निर्णय गरिएको हो । राष्ट्रपति पौडेलले यसअघि प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र प्रमुख राजनीतिक दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए ।
सोही छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटाइएको बताइएको छ। विश्वसनीय स्रोतका अनुसार भोलि बिहानसम्मै राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर सपथ खुवाउने तयारी छ।
जेनजी प्रतिनिधिहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन निरन्तर दबाब र लबिङ गर्दै आएका थिए । यो निर्णयसँगै नेपालको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण