विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेत सुनसरी पुगेपछि जेनजिहरूले विरोध प्रदर्शन गरेका छन्। बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार गाडी क्रस भएर अघि बढिसकेपछि दुहबीमा स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले हटाइसकेको छ। उनले भने, ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो, तर प्रहरीले तत्काल क्लियर गरिसकेको छ।’
त्यसअघि विराटनगर विमानस्थल नजिकैको सडकमा दुईजनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो।
प्रहरीले मसी प्रहार गर्ने विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवरलाई पक्राउ गरिसकेको छ। अनुसन्धान अनुसार, सन्जोग गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् भने अर्पित कुँवर पनि नेविसंघसँग निकट रहेका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने